काठमाडौं । सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो ।
सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।
कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।
यसअवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यसअवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ । एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।
तारागाउँ रेजिन्सी होटलको सेयरमूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ । आधिँखोला, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि सामान्य बढेको छ । रिभर फल्स पावरको सेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ । तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असार २०७९, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
सेयर बजार २५४० अंकमा झर्यो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार