काठमाडौं । सेयर बजारको लगातारको ओरालो यात्रा आज पनि रोकिएन । थप ३७ अंकमाथिले घट्दै आइतबार सेयर बजार परिसूचक नेप्से १९३४.११ अंकमा झर्न पुगेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ७.२९ अंकले घट्दै ३७३.८५ अंकमा झर्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, अन्य समूहको उपसूचक ३.६२ प्रतिशतले घटेको छ भने लगानीको उपसूचक २.२७ प्रतिशतले घट्न पुगेको छ । असार १ गतेदेखि सातामा आइतबारको सार्वजनिक विदा कटौती भएसँगै आइतबारसहित शुक्रबार ६ दिन नै कारोबार हुन थालेको बजारमा पहिलो दिन ३७.२७ प्रतिशतको गिरावट आएको हो । उसो त ३७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब १३ करोड ४० लाखमा सीमित हुन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असार २०७९, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार