१० हजारमा शिक्षक–विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना

सफल खबर संवाददाता

आइतबार, ०५ असार २०७९, १० : ५५
१० हजारमा शिक्षक–विद्यार्थी लक्षित लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर योजना

काठमाडौँ  । बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्राण्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ। 

कम्पनीले भनेको छ, ‘तपाईंको गोजीमा कति छ भन्ने स्किमअन्तर्गत १० हजारमा लेभ्निंग स्कुटर शिक्षक तथा विद्यार्थीले पाउनेछन्।’ साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजमा पनि स्कुटर किन्न सक्नेछन्। नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैयाँ छुट गरिएको कम्पनीको भनाइ छ।

शिक्षक तथा विद्यार्थीको खर्च बचत हुने, पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दश हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्राण्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागू गरेको हो। 

नजिकको शोरुममा गएर प्रोडक्ट हेरी विभिन्न प्रकारको स्कुटरमध्ये कुनै पनि स्कुटर सजिलै किन्न सकिने कम्पनीले जनाएको छ। विद्यार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने कम्पनीले उल्लेख गरेको छ। यो स्किम सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीको भनाइ छ।  

लेभ्निङको कुनै पनि शोरुममा यो सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस