संसदमा बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरिने (लाइभ)

मंगलबार, १५ जेठ २०७५, १७ : ०४

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै आगामी आर्थिक वर्षदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ संचालन गरिने बताएका छन् । त्यसको लागि रू तीन अर्ब दश करोड बिनियोजन गरिएको उनको भनाइ छ ।

रोजगारदाता र म्यानपावर कम्पनीहरूलाई आन्तरिक रोजगारी व्यवस्थापनको लागि पनि परिचालन गरिने खतिवडाले बजेट प्रस्तुत गर्ने क्रममा बताएका छन् । समान काम, समान ज्यालाको नीतिलाई प्रभावकारी कार्यान्वयन गरिने खतिवडाको भनाइ छ । श्रम निरीक्षण गरिने र त्यसको लागि प्रभावकारी निकाय गठन गर्ने सरकारको कार्यक्रम रहेको उनले संसदलाई बताए ।

विद्यार्थीहरूलाई प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा रू सात लाख ऋण प्रवाह गरिने अर्थमन्त्री खतिवडाले बताएका छन् । यसका साथै नयाँ व्यवसायीहरूलाई ‘च्यालेन्ज फन्ड’को व्यवस्था गरिने खतिवडाको भनाइ छ । प्रत्येक प्रदेशमा वैदेशिक रोजगार सेवा कार्यालय खोलिने र विदेशबाट नेपाल फर्केर व्यवसाय गर्न चाहनेहरूलाई रू दश लाख सम्म लगानि गरिने अर्थमन्त्री खतिवडाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस