विजय जुलुस

चितवन जिल्लालाई लालकिल्ला बनाएपछि निस्कियो विजय जुलुस (फोटोफिचर)

सोमबार, २५ मंसिर २०७४, १८ : ४२
चितवन जिल्लालाई लालकिल्ला बनाएपछि निस्कियो विजय जुलुस  (फोटोफिचर)


चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारले ऐतिहासिक नतिजा ल्याउँदै चितवन जिल्लालाई लालकिल्ला बनाएपछि सोमबार भरतपुरदेखि नारायणगढसम्म विजय जुलुस निकालिएको छ । विजय जुलुसमा प्रतिनिधि सभा सदस्य पदमा विजयी तीन क्षेत्र र प्रदेश सभा सदस्य पदमा विजयी ६ क्षेत्रका विजयी वाम उम्मेदवार सहभागी थिए ।

मतगणनास्थल चितवन माध्यमिक विद्यालय परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको विजयी प्रमाणपत्र वितरण कार्यक्रम सकिएपछि सोही ठाउँबाट विजय जुलुस सुरु भएको थियो । जुलुसमा चितवनका सबै निर्वाचन क्षेत्रबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता र सर्वसाधारणको ठूलो संख्यामा सहभागिता रहेको थियो ।

भरतपुरबाट सुरु भएको विजय जुलुस लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर टुंगिएको थियो । जुलुसका सहभागीहरुले नवै ठाम वामै वाम, चितवन जिल्ला लाल किल्ला लगायतका नारा लगाएका थिए । जुलुसको कारण भरतपुर र नारायणगढ क्षेत्रमा केहीबेर यातायात आवागमनमा समस्या हुँदा सडक जामको अवस्था देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस