दाहुवाको सीसी क्यामेरा किन्दा उपहार

सफल खबर संवाददाता

शनिबार, ०४ असार २०७९, ११ : ४६
दाहुवाको सीसी क्यामेरा किन्दा उपहार

काठमाडौं । दाहुवा ब्रान्डले आफ्ना ग्राहकका लागि विभिन्न उपहार ल्याएको छ । उपहारहरूमा कम्पनीको सीसी क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि पाँचसयसम्मको उपहार पाइने छ ।यस्तै, आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रा.लिले उपभोक्ताहरूका लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार सार्वजनिक गरेको छ ।बिध म्यानेजमेन्ट प्रालि र दाहुवा ब्रान्डको आधिकारिक विक्रेताद्वारा कममा तिस हजार बराबरको सीसी क्यामेरासहित उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्डमार्फत उपहार दिने योजना ल्याएको जनाएका छन् ।

उपहार योजनामा ग्राहकले ई–स्कुटर, तटेलिभिजन, वासिङ मेसिन, फ्रिज इन्डक्सन चुल्होल मिक्सर/ग्राइन्डर स्मार्ट मोबाइलदेखि हात खाली नजाने एक हजार, ७५०, ५०० का नगद उपहार रहेका छन् ।उपहारसँगै बिध म्यानेजमेन्टले घर/टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सीसीटीभीको प्याकेजसमेत घोषणा गरेको छ । यसको सुरुवाती मूल्य २५ हजार कायम गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस