एसपीपीमा नेपाल संलग्न नहुने जानकारी अमेरिकालाई दिन निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, १९ : ५४
एसपीपीमा नेपाल संलग्न नहुने जानकारी अमेरिकालाई दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्न नहुनेबारे औपचारिक रूपमा अमेरिकी सरकारलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेकाे समितिकाे बैठकले यस्ताे निर्देशन दिएकाे हाे । 'अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने् कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने ।' समितिले निर्देशन दिने क्रममा भनेको छ‍ । 

बैठकले एसपीपीका सम्बन्धमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेनाले अमेरिकालाई पठाएका पत्राचार सात दिनभित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । साथै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न पनि समितिले निर्देशन दिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मालगायत सहभागी थिए । 

यस्ता छन् समितिकाे निर्णयहरुः-

प्रतिक्रिया दिनुहोस