नेपालमा भेटियो शंकास्पद मंकीपक्स संक्रमित बिरामी

सफल खबर संवाददाता

शुक्रबार, ०३ असार २०७९, ०७ : ३१
नेपालमा भेटियो शंकास्पद मंकीपक्स संक्रमित बिरामी

काठमाडौं । नेपालमा बिहीबार पहिलोपटक मंकिपक्सको शंकास्पद बिराामी भेटिएका छन्। दुबईबाट नेपाल आएका २६ वर्षीय युवामा मंकिपक्सका लक्षण भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलले राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरेको थियो।  

महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोगमा भर्नाको लागि पठाएको जानकारी दिएको छ। महाशाखाका निर्देशक डा। चुमनलाल दासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलका प्यारामेडिक्सले शंकास्पद लागेपछि महाशाखाका रेफर गरेको, महाशाखाले छालारोग विशेषज्ञलाई देखाउने र विशेषज्ञले पनि शंका गरेमा मात्र उनको नमुना परिक्षण गरिने बताए।

नेपालमा मंकिपक्सको परीक्षणको लागि प्रयोगशाला नभएकोले भारत शंकापस्द लागेमा भारत पठाइने निर्देशक दासले बताए। ‘छालारोग विशेषज्ञले हेर्न बाँकी छ, त्यसपछि मात्र पहिचानको थप प्रक्रिया अघि बढ्छ,’ उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले छालारोग विशेषज्ञले शंकास्पद युवालाई हेर्न बाँकी छ।  

टेकु अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेर बहादुर पुनका अनुसार दुबईलगायतका मध्यपूर्वी देशमा मंकिपक्स देखिइसकेको र केही दिन पहिले भारतमा समेत देखिइसकेकोले नेपालमा अन्य व्यक्तिमा पनि संक्रमण हुन सक्ने जोखिम रहेको बताए। तर कोरोना भाइरस जस्तो सजिलै धेरै व्यक्तिमा नफैलिने हुनाले त्रासमा बस्नु नपर्ने बताए।

प्रतिक्रिया दिनुहोस