नेपाली सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक(पत्रसहित)

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १७ : ११
नेपाली सेनाले एसपीपीमा अनुबन्धका लागि पठाएको पत्र सार्वजनिक(पत्रसहित)

काठमाडौँ  । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो तर बिहीबार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।

उनले एसपीपीमा सहभागिताका लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । कान्तिपुरलाई उच्च सुरक्षा स्रोतबाट प्राप्त पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरूबीच सहकार्य गर्नेबारेमा उल्लेख छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस