नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला, विमानस्थलबाट टेकु लगियो

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १६ : २१
नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला, विमानस्थलबाट टेकु लगियो

काठमाडाैँ। नेपालमा मंकिपक्सका शंकास्पद संक्रमित फेला परेका छन्।दुबईबाट नेपाल आएका २६ वर्षिय पुरुषमा मंकिपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकिपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको हो।मंकिपक्स रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।

यस्तै, बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो फैलनसक्ने बताइएको छ।लक्षण
ज्वरो आउनु, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा देखा पर्नु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामान्यता आफैं हराउँछ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई जटिलता हुनसक्ने चिकत्सकहरुले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस