काठमाडाैँ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनकाे राजधानी कीभ पुगेका छन्।बिहीबार बिहान उनीहरू पोल्याण्डबाट रेल चढी कीभ पुगेका हुन्। एएफपी भिडियोद्वारा प्रसारित भिडियोमा तीन नेताहरू रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले कीभको भ्रमण गरेको यो पहिलो पटक हो।उनीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने छन्। कीभले इयुको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ असार २०७९, १३ : १५
लेखकबाट थप