तोलामा ८ सयले बढ्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १२ : २३
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

काठमाडाैँ।नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ।बुधबारको तुलनामा बिहीबार तोला ८ सय रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरिएको छ।त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस