नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

सफल खबर संवाददाता

विहीबार, ०२ असार २०७९, १२ : ००
नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

काठमाडौं । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको छ। बैंकले ‘नबिल इको–फ्रेड्ली बिजनेश लोन’ जारी गरेको हो । 

फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जायोजना ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

यस कर्जायोजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%)  कममा कर्जा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । ‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने ।
 

प्रतिक्रिया दिनुहोस