मेटलाइफका वरिष्ठ अधिकारीहरु नेपाल भ्रमणमा

एजेन्सी

विहीबार, ०२ असार २०७९, ११ : २५
मेटलाइफका वरिष्ठ अधिकारीहरु नेपाल भ्रमणमा

काठमाडाैँ। मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी थिइन्।

उनले आफ्नो पाँचदिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेकी थिइन्।बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम जस्ता एशियाका फस्टाउँदै गएका बजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हाली रहेकी छन्।

उनको प्राथमिकतामा डिजिटाइज्ड ब्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सह–लगानी बढाएर यीबजारहरुमा व्यवसाय वृद्धि गर्नु रहेको छ।बुटारोभाले नेपाल भरी बलियो वितरण सञ्जालको विकासलाई निरन्तरता दिनमा केन्द्रित रहेको नेपाल व्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन्।

उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुति गर्ने योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र फिल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकी थिईन्। उनले ग्रामीण समुदायको उत्थानका लागि माइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी थिइन्।

उनले मेटलाइफ नेपालको वुमेन्स बिजनेस नेटवर्क WBN सँगको अन्तरक्रियात्मक कार्यक्रममा भाग लिई महिलाको कार्य-जीवन सन्तुलन तथा भावनात्मक र मानसिक स्वास्थ जस्ता क्षेत्रहरूमा आफ्ना विचारहरू ब्यक्त गर्नुका साथै उनीहरूका उपलब्धिहरू र नियमित कार्यक्रमहरूको प्रशंसा गरेकी थिइन। साथसाथै उनले महिलाहरूलाई कम्पनी भित्र शीर्ष व्यवस्थापन पदहरूमा सहभागिता हुन उत्प्रेरित गरेकी थिइन्।

तेसै गरि युरोप, अफ्रिका र एशियामा एजेन्सी वितरणको व्यापक अनुभव बोकेका मार्वन मटरले विभिन्न एजेन्सी कार्यालयको पनि भ्रमण गरेका थिए र एजेन्सी कार्यकारीहरू, युनिट प्रबन्धकहरू र फिल्ड प्रतिनिधिहरूलाई बलियो एजेन्सी र वितरण नेटवर्कको प्रभावकारी रूपमा निर्माण र सञ्चालन सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस