मालेको केन्द्रीय समिति बैठक सुरु, एसपीपी अस्वीकार

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, १४ : ५१
मालेको केन्द्रीय समिति बैठक सुरु, एसपीपी अस्वीकार

काठमाडौं । नेकपा (माले) को केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक बुधबारदेखि सुरु भएको । पार्टी केन्द्रीय कार्यालयको सभाकक्षमा  महासचिव सी.पी.मैनालीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकले अमेरिकाले अघि सारेको राज्य साझेदारी कार्यक्रम (एसपीपी) ठाडै अस्वीकार गरेको छ।  

एसपीपी मार्फत् नेपाल अमेरिकी सुरक्षा निकायको बन्धनमा÷नियन्त्रणमा पुग्ने भन्दै मालेले भनेको छ, ‘यसलाई सहजै अमेरिकी हिन्दप्रशान्त रणनीतिको सामरिक कार्यमा लगाउन सकिने छ । अतः “रासाका”मा प्रवेश गर्नु भनेको अमेरिकाको भरौटे र गुलाम बन्नु हो, जुन नेपाल र नेपाली जनतालाई किमार्थ मञ्जुर छैन । “रासाका”लाई अस्वीकार गरौं ।’

यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सहभागीताको समीक्षा गर्दै पार्टी विस्तार तथा सुदृढीकरण गर्ने, देशभक्त शक्ति र ब्यक्तिहरु सम्मिलित साझा कार्यक्रममा आधारित राजनीतिक मोर्चा बनाउने र देशको समसामयिक राजनीतिको सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गर्ने बैठकका एजेण्डा रहेका छन् । बैठक बिहीबारसम्म जारी रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस