कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ असार २०७९, ११ : २०
कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालीका–६ धापासी डाँफे कोलोनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पछाडि सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस