काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभामा सोमबार मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’
६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं ? भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।यसैगरी एमाले सांसद बस्नेतले अर्थमन्त्री जनार्दन शर्माले कमिसनमा करको दररेट चलाएको गम्भीर आरोप लगाएका छन् ।
‘अर्थमन्त्री ज्युले भन्सार करका दररेटलाई राती ल्याएर हेरफेर गर्नुभयो भन्ने सुन्यौं । अर्थमन्त्रीले करको दररेट चलाउँदा नियमित कमिसन खाएको सुन्यौं’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० जेठ २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन
नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
विरोध र आलोचना स्वीकार्य छ, हिंसात्मक हर्कत आपत्तिजनक : महेश बस्नेत
एमाले नेता महेश बस्नेत सवार गाडीमा रातो छ्यापियो
‘नेसनल भोलेन्टियर फोर्स’ पार्टीको स्वयंसेवक र प्रतिरोधी संगठन : महेश बस्नेत
सिमरा जान रोकिएपछि महेश बस्नेतको आरोप : ‘जेन जेडको नाममा विभिन्न दलले अराजक भिड उतारे’