काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो ।
आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो ।’आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’दयगत छलफल गरेको थियो । तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ । तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् । उनले संसद्बाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित भएपछि आयोगसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन’दयगत छलफल अघि बढाउने योजना बनाएका छन् । देउवा स्थानीय तह निर्वाचनको परिणामबाट हौसिँदै आएका छन् ।
गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने विषयमा यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनौपचारिक छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।
यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण २० फागुनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । आयोगले भने निर्वाचन सम्पन्न भएपछिको मितिलाई कार्यकाल समाप्त हुने मिति मान्दा २२ मंसिरमा वर्तमान प्रतिनिधि सभाको कार्यकाल सकिने बताउँदै आइरहेको छ । आयोगले निर्वाचन सम्पन्न गर्न कुल १ सय २० दिनको समय आवश्यक पर्नेसमेत बताउँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० जेठ २०७९, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक संसदले पारित गर्दै
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन