रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ जेठ २०७९, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु
खोलामा डुबेर तनहुँमा बालकको मृत्यु
नदिमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु
स्विमिङ पुलमा डुबेर पोखरामा बालकको मृत्यु
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु
दाङमा खोलामा डुबेर बालकको मृत्यु