सुर्खेत । प्रदेश सरकार मतहतमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू लथालिङ्ग भएको स्थानीय सरकारका प्रतिनिधिहरूको आरोप छ । संघीय सरकारको व्यवस्थापन तथा अधिकार क्षेत्रभित्र रहेका जिल्ला अस्पतालहरू प्रदेश सरकारले आफ्नो माताहातमा ल्याउने बित्तिकै लथालिङ्ग भएको, दरबन्दी कटौती भएको लगायतका समस्या भएको स्थानीय सरकार प्रमुखहरूले गुनासो गरेका हुन् ।
नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर रावतले जाजरकोटको ५० शैय्याको अस्पतालको दरबन्दी काटेर डोल्पा , हुम्ला र मुगुका १५ शैय्याका अस्पतााल बराबरको दरबन्दी पठाएको बताए । उनले भने, ‘सुर्खेतको मेहलकुनास्थित ५० शैय्या को अस्पताल बराबरकै दरबन्दी जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा थियो, अहिले दरबन्दी काटेर १५ शैय्या बराबरको बनाइएको छ । यसरी कसरी चल्छ ?’ उनले प्रश्न गरे ।
यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पटकपटक समस्याका विषयमा कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै अब आफू नबोल्ने बताए । नवनिर्बाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनका लागि आयोजना गरिएको अभिमुखीकारणमा स्थानीय सरकारका प्रमुखले मुख्यमन्त्री जीवनबहदुर शाही र अन्यमन्त्रीहरुलाई यस्तै प्रश्न गरेर हैरान बनाए ।
स्थानीय सरकारका प्रमुखबाट आलोचना खेपेका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रम्मा प्रदेशसभा सदस्य समक्ष जवाफ फर्काएका थिए । ‘सबै काम प्रदेशले गरौँ भनेर तपाईहरू भन्नुहुन्छ, उता स्थानीय सरकारका प्रमुखले के भन्नु भयो सुन्नु भयो नी ?,’ उनले प्रश्न गरे, ‘घाँटी हेरेर हाड निल्ने काममा लाग्ने की भन्ने हो । तपाईहरू सबै काम प्रदेशले गर्नुपर्छ भन्नुहुन्छ तर गरेका काम लथालिङ्ग भइसक्यो भन्ने रिर्पोट आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ जेठ २०७९, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति मन्दिरमा सशस्त्रको स्वास्थ्य सेवा
गाउँमै स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासी दङ्ग
अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आयोगको आग्रह
स्वास्थ्य सेवा लिने सेवाग्राही बढे, २२ वर्षदेखि जनशक्ति उस्तै
अब बागलुङको निसेलढोरमै स्वास्थ्य सेवा
हुम्लाको दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य सेवा