अर्गानिक स्वादका पारखीहरुका लागि रत्ननगरमा संचालनमा आयो ‘सुकुल’

सफल खबर संवाददाता

शनिबार, २८ जेठ २०७९, ०८ : २८
अर्गानिक स्वादका पारखीहरुका लागि रत्ननगरमा संचालनमा आयो ‘सुकुल’

चितवन । जंक फुडले गाँउ देखि शहरसम्म आक्रान्त बनाईरहेको बेला पूवी चितवनको रत्ननगरमा अर्गानिक स्वाद लिन चाहने पारखीहरुका लागि ‘सुकुल रेष्टुरेन्ट’ संचालनमा आएको छ ।

शिव शिखर बहुउद्देश्यिय सहकारी संस्था द्वारा संचालित सुकुल रेष्टुरेन्ट शुक्रबारबाट संचालनमा आएको हो ।  रेष्टुरेन्टको एक समारोहका बिच रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले  रिवन काटेर उद्घाटन गरे ।

उदघाटन गर्दै उनले जंक फुड सबैतिरले आक्रान्त बनाएको बेला रत्ननगरमा अर्गानिक स्वाद सहित पारिवारिक बातावरणमा रेष्टुरेन्ट खोलिनु सुखद रहेको बताउदै व्यवसायिक सफलताको कामना गरे । 

रेष्टुरेन्ट संचालक दिपक श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दै स्वस्थ परिकार पौराणिक पारामा पस्कनु ‘सुकुल रेष्टुरेन्ट’ को बिशेषता रहेको बताए । 
उद्घाटन कार्यक्रमको औपचारिक समापन पछी गायक कमल खत्री, मेलिना मैनालीका साथै स्थानिय लोकप्रिय ब्याण्ड स्तब्दको सांगितिक प्रस्तुती प्रस्तुत दिएको थियो । 


 

प्रतिक्रिया दिनुहोस