फेरिएन एमाले अध्यक्ष ओलीको कार्यशैली

पत्रपत्रिकाबाट

शनिबार, २८ जेठ २०७९, ०७ : ३७
फेरिएन एमाले अध्यक्ष ओलीको कार्यशैली

काठमाडौं । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् ।

‘गठबन्धन टुटाउन बल गर्नु प¥यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छ ।’

स्थानीय तहको निर्वाचनमा गत निर्वाचनभन्दा यो निर्वाचनमा एमालेको जित संख्या निकै घटे पनि उनले एमालेसँग असाधारण शक्ति रहेको दाबी गरे । उनले एमालेसँग जुध्ने सामथ्र्य कुनै पार्टीमा नरहेको पनि जिकिर गरे । पाँच दलीय गठबन्धनले चुनावमा जित निकाले पनि एउटै प्रकारको जुठो गाँस भएको उनको टिप्पणी छ ।

‘आफ्नो गठबन्धनभित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’ उनले भने, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मरकम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै उनले कटाक्ष गरे । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस