कृषि विकास बैंकले दिएको सेवा सुविधा बारे जानकारी

आइतबार, १३ जेठ २०७५, २० : २७
कृषि विकास बैंकले दिएको सेवा सुविधा बारे जानकारी

चितवन । कृषि विकास बैंकका सेवाप्रति सेवाग्राहीले गुनासो व्यक्त गरेका छन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरंगजले आइतबार चितवनको भरतपुरमा आयोजना गरेको “स्थानीय तहमा कृषि विकास बैंक” बिषयक कार्यक्रमका वक्ताहरुले बैंकको सेवाप्रति गुनासो व्यक्त गरेका हुन् । 
माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लगायतका सेवा लिन झण्झटिलो भएको गुनासो आइरहेको भन्दै अन्य व्यावसायिक बैंकलेजस्तै यस बैंकले पनि प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्र्नेे बताउनु भयो । सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । 
रत्ननगर नगरपालिका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताउनु भयो । जनताको मन छुने सेवा दिनु पर्ने भन्दै उहांँले समयसापेक्ष छिटोछरितो काम गर्नुपर्नेमा जोड दिनुभयो । हुंँदा खाने र हुनेखाने सबैको पहुंँचमा कृषि विकास बैंक हुनुपर्ने उहांँको भनाइ थियो । 
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकोले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहांँले कृषि विकास बैंकले अन्य व्यावसायिक बैंकसंँग प्रतिस्पर्धा गर्न नसकेको, ब्याजदर महंगो एवं सेवा झण्झटिलो रहेको गुनासो आइरहेको हुंँदा यसलाई सुधानुपर्ने बताउनु भयो । 
भरतपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष विष्णुराज महतोले कृषि विकास बैंकले साना किसानलाई उपेक्षा गर्र्दै ठुला व्यवसायीलाई सर्वसुलभ व्याजदरमा ऋण दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । अझै पनि किसान तथा सर्वसाधारणको पहुंँचमा कृषि विकास बैंकको पहुंँच नपुगेको भन्दै बैंक बजार क्षेत्रमा मात्रै केन्द्रित भएको गुनासो गर्नुभयो । 
कार्यक्रमका अन्य सहभागीहरुले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने र साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा दिनुपर्ने बैंक भएतापनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरुको असन्तुष्टि थियो । 
कार्यक्रममा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय वीरगंजका निर्देशक बाबुकाजी थापाले बैंकले पहिलेभन्दा अहिले सेवासुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीय तहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताउनु भयो । 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनु भएको कार्यक्रम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस