सुख्खा पहिरोले थुनियो नारायणगढ–मुग्लिन सडक

सफल खबर संवाददाता

शुक्रबार, २७ जेठ २०७९, ११ : ३१
सुख्खा पहिरोले थुनियो नारायणगढ–मुग्लिन सडक

चितवन । चितवन ईच्छाकामना गाउँपालिका– ६ तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकमा आवागमन ठप्प भएको छ । बिहान ८:४५ बजे खसेको पहिरोले बाटो थुनेपछि यात्रु सास्तीमा परेका छन् ।

गएराति देखि नै सवारी जाममा परेका छन् । अहिले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीसहितको टोली पहिरो हटाएर बाटो खुलाउन लागिपरेको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस