तनहुँमा भाँसिएको सडकबाट कार र मोटरसाइकल नदीमा खस्यो

रासस

शुक्रबार, २७ जेठ २०७९, ०९ : ५६
तनहुँमा भाँसिएको सडकबाट कार र मोटरसाइकल नदीमा खस्यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । 

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” 

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ । 

प्रतिक्रिया दिनुहोस