फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस सम्पन्न

आइतबार, १३ जेठ २०७५, १७ : २५
फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस सम्पन्न


काठमाडों । गत आइतवारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न भएको हो । उक्त साताव्यापी प्रतियोगितामा चौध वर्ष मूनिका विभिन्न उमेर समुहबाट कुल चालिस (४०) जना विजेता र उपविजेता छनोट भएका छन् ।

एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुष गरी कूल त्रियानब्बे (९३) खेलाडीहरूले भाग लिएका थिए । विजेताहरूले थाइल्याण्डसम्मको हवाई टिकट पुरस्कार स्वरूप पाएका छन् भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाएका छन् ।

शनिवार मण्डीखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण गर्दै नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्त्वपूर्ण भूमिका हुने बताए । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले  बालबालिकाहरू एकैप्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको  क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस