हाकिमचोक–सीतामाई सडकको मेयर दाहालद्धारा शिलान्यास

सफल खबर संवाददाता

बुधबार, २५ जेठ २०७९, ११ : ५४
हाकिमचोक–सीतामाई सडकको मेयर दाहालद्धारा शिलान्यास

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर–८ को अशोकचोकदेखि डोरीचोकसम्मको सडक बन्ने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डोरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो सडकको शिलान्यास गरिन । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ६ करोड ८५ लाख ४३ हजार ६ सय २८ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र कुमार चौधरीले जानकारी दिए। ओम सत्य साई कन्ट्रक्सन प्रालि भरतपुर–९ ले निर्माण गर्ने सडक ७ मिटर चौडा हुनेछ ।

२०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख चौधरीले बताए। यस अघि हाकिमचोकदेखि अशोकचोकसम्मको ३ दशमलव ८ किलोमिटर सडक भरतपुर महानगरपालिले निर्माण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस