एजेन्सी । पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ ।
बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत महिना आठ पोलियोका केस रिपोर्ट गरिएका छन् ।
केसमा भएका बृद्धिप्रति अधिकारीहरू चिन्तित छन् । किनभने रिपोर्ट गरिएका केसहरू एक वर्ष भन्दा बढीको अवधिमा पहिलो पटक देखिएका हुन् । पोलियोका कारण गत वर्षको जनवरीमा एक बच्चामा पक्षाघात भएको थियो ।
‘भाइरस नियन्त्रण गर्न हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ र अन्त्यसम्म हामी लडिरहेनेछौँ’ पोलियो उन्मुलसम्बन्धी राष्ट्रिय कार्यक्रम संयोजक शहजाद बेगले भने । अधिकारीहरूका अनुसार पछिल्लो प्रकोप सम्भवतः आमाबाबुले आफैं र आफ्ना बच्चाहरूलाई खोप लगाएको गलत रूपमा चिन्ह लगाउदा भएको हो ।
सो भूभाग तालिबानको कडा पकड रहेको क्षेत्र पनि हो । पाकिस्तानका निश्चित क्षेत्रमा अझै पनि खोप अस्वीकार दर उच्च छ, जसका कारण भाइरस नियन्त्रणमा चुनौती थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ जेठ २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल