एजेन्सी । पाकिस्तान र अफगानिस्तान विश्वका दुई बाँकी देशहरू हुन् जहाँ पोलियोलाई अझै पनि स्थानीय भाइरल संक्रमणको रूपमा वर्गीकृत गरिएको छ । पछिल्लो समय पाकिस्तानको अवस्था बिग्रिएको छ ।
बेलायती समाचार संस्था दि गार्जियनका अनुसार अफगानिस्तानको सिमानानजिक उत्तरी वजिरिस्तान जिल्लामा गत महिना आठ पोलियोका केस रिपोर्ट गरिएका छन् ।
केसमा भएका बृद्धिप्रति अधिकारीहरू चिन्तित छन् । किनभने रिपोर्ट गरिएका केसहरू एक वर्ष भन्दा बढीको अवधिमा पहिलो पटक देखिएका हुन् । पोलियोका कारण गत वर्षको जनवरीमा एक बच्चामा पक्षाघात भएको थियो ।
‘भाइरस नियन्त्रण गर्न हाम्रो तर्फबाट सक्दो प्रयास गरेका छौँ र अन्त्यसम्म हामी लडिरहेनेछौँ’ पोलियो उन्मुलसम्बन्धी राष्ट्रिय कार्यक्रम संयोजक शहजाद बेगले भने । अधिकारीहरूका अनुसार पछिल्लो प्रकोप सम्भवतः आमाबाबुले आफैं र आफ्ना बच्चाहरूलाई खोप लगाएको गलत रूपमा चिन्ह लगाउदा भएको हो ।
सो भूभाग तालिबानको कडा पकड रहेको क्षेत्र पनि हो । पाकिस्तानका निश्चित क्षेत्रमा अझै पनि खोप अस्वीकार दर उच्च छ, जसका कारण भाइरस नियन्त्रणमा चुनौती थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ जेठ २०७९, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै