काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो ।
घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
बराह क्षेत्रमा जंगली हात्ती मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला