काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल। मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् ।
भारतसँग यसअघि नै जीटुजी ९सकारदेखि सरकार० प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो । देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल गरेको थियो तर सम्झौताअनुसार मल आइरहेको थिएन ।
मल आउन ढिलो भएका कारण समस्या बढ्दै गएपछि कृषिमन्त्री यादव मलको विषयमा कुरा गर्नका लागि आफै भारत गए । सोही क्रममा उनले रसायन एवं उर्वरकमन्त्री मण्डावियासँग छलफल गरेपछि मल आउन सुनिश्चित भएको हो । कृषिमन्त्री यादवले अबको एकरडेढ हप्ताभित्र भारतबाट मल आउन सुरु हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ जेठ २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…
रुसले अफ्रिकामा अनाज र मल आपूर्ति जारी राख्ने
‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’
टीकापुर गौशालाबाट गोबर मल बिक्री सुरु
सहकारीमा पाइँदैन अनुदानको मल, भारतीय मलकै भरमा खेती
भारतसँग भएको जीटुजीको मल ल्याउन सरकारको आनाकानी