भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङ्करले आज ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्याँसी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमालिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते