काठमाडौं । यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।
‘नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो । हाल यस वर्षको मनसुन प्रणाली आज मिति २०७९-०२-२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको देखिन्छ,’ महाशाखाले भनेको छ, ‘नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ ।’
कहाँबाट भित्रिन्छ मनसुन ?
नेपालमा मनसुन बंगालको खाडीबाट आउने धेरैले भन्ने गरेका छन् तर यो शतप्रतिशत सही होइन । बंगालको खाडीबाट होइन, त्यहाँ हुँदै नेपाल आउने हो मनसुन । बंगालको खाडी आइपुग्नुअघि मनसुनले हजारौं किलोमिटर यात्रा पार गर्छ ।
भूमध्यरेखामा पर्ने पूर्वीअफ्रिकी मुलुक सोमालियाबाट सुरु हुन्छ, नेपाल आइपुग्ने मनसुन । त्यसपछि नेपाल आइपुग्न मनसुनलाई झन्डै दुई साता लाग्छ । पूर्वी अफ्रिकाको हिंसाग्रस्त मुलुक सोमालियाबाट मनसुन कसरी नेपाल आउँछ भन्ने बुझ्न पृथ्वीमा चल्ने हावा’ बुझ्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ जेठ २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै