चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा लिउ जिआन्छाओ

एजेन्सी

शनिबार, २१ जेठ २०७९, २१ : १७
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा लिउ जिआन्छाओ

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओको अवकाशपछि नयाँ प्रमुखको नियुक्ति भएको छ । बुधवारदेखि उमेर हदका कारण सोङ घर बसेका छन् ।

चीनमा सरकारी कर्मचारीलाई झैँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पनि उमेर हद तोकिएको छ ।

रिक्त विदेश विभाग प्रमुखमा यसअघि विदेश मन्त्रालयका प्रवक्ता लिउ जिआन्छाओलाई नियुक्त गरिएको छ । ५८ वर्षे लिउ चिनियाँ कूटनीति तथा राजनीतिमा पछिल्ला दिन निकै प्रख्यात नाम हो ।

मन्त्रालयमा उनी सूचना विभागको महानिर्देशक समेत थिए ।लिउ केही वर्ष फिलिपिन्स र इण्डोनेशियामा राजदूत समेत रहे ।

प्रतिक्रिया दिनुहोस