धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ ढाँडेमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको वाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा अटोचालक नीलकण्ठ नगरपालिका ५ फ्याक्सेका ३० वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ जेठ २०७९, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते