कश्मीर भिडन्तमा हिजबुल कमाण्डर मारिए, तीन सैनिक घाइते

एजेन्सी

शनिबार, २१ जेठ २०७९, १० : २८
कश्मीर भिडन्तमा हिजबुल कमाण्डर मारिए, तीन सैनिक घाइते

एजेन्सी । जम्मू कश्मीर प्रहरीले अनन्तनागको कपरानमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएका छन् ।

यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते भएका छन् । भिडन्तमा मारिएका कमाण्डर निसार खाँडे रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हतियार समेत बरामद गरेको दाबी गरेको छ ।

अर्को घटनामा, शुक्रवार राति शोपियानको एल्गार क्षेत्रमा ग्रेनेड विस्फोटमा दुई गैर-कश्मीरी कामदार घाइते भएका छन्। दुवै कामदारलाई सामान्य चोट लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ‘आतंकवादीहरूले एल्गारमा हात ग्रेनेड हानेका छन्, जसमा दुई गैर-कश्मीरी कामदारहरू सामान्य घाइते भएका छन्। क्षेत्रलाई घेराबन्दी गरिएको छ।'

पछिल्लो २४ घण्टामा गैर-कश्मीरी मजदुरमाथि यो दोस्रो आक्रमण हो। बिहीबार राति बडगाममा दुई गैर(कश्मीरी कामदारमाथि गोली प्रहार गरिएको थियो। उक्त गोलीबारीमा बिहारका एक मजदुरको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस