सार्वजनिक सवारी साधनको गाडी भाडा घट्यो(सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, २० जेठ २०७९, १२ : ५९
सार्वजनिक सवारी साधनको गाडी भाडा  घट्यो(सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले भाडा पनि घटाएको हो। 

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ। सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस