काठमाडौ । प्रहरीले १०७ ग्राम लागूऔषध खैरो र सेतो हेरोइनसहित एकजना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भएका २० वर्षीय दीपेन्द्र कुमार भगत रहेका छन् ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०१९ नम्बरको बसमा चेकजाँच गर्दा भार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) १०३ ग्राम र सेतो हिरोइन (ह्वाइट सुगर) ४ ग्राम गरी जम्मा १०७ ग्राम बरामद गरेको छ ।पक्राउ परेका उनीमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन -१५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ