बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

एजेन्सी

विहीबार, १९ जेठ २०७९, १६ : १५
बेलायतमा मंकीपक्सः यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

लन्डन । बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । योसँगै मंकीपक्सबाट संक्रमितको संख्या १७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ । 

संक्रमण बढेसँग सरकारले नयाँ निर्देशिका जारी गरेको छ । जसअनुसार भाइरस भएका जो कोहीलाई यौन सम्पर्कबाट टाढा रहन सल्लाह दिएको छ ।सावधानीको रूपमा संक्रमणपछि आठ हप्तासम्म कन्डम प्रयोग गर्न भनिएको छ । संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउप्रति सर्तक हुनुपर्ने यूकेएचएसएले सुझाव दिएको छ ।

स्कटल्यान्डमा चार, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा एक जनामा कोभिड देखिएको छ ।  शरिरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन् । भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ । -एजेन्सी

 

प्रतिक्रिया दिनुहोस