देशको नाम फेर्दै टर्की, राष्ट्रसंघद्वारा अनुमोदन

एजेन्सी

विहीबार, १९ जेठ २०७९, १२ : १६
देशको नाम फेर्दै टर्की, राष्ट्रसंघद्वारा अनुमोदन

एजेन्सी । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका छन् ।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त  भएपछि तुरुन्तै सो निर्णय भएको  प्रवक्ताले उल्लेख गरेका छन् । 

विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस