काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारतमा निर्यात गर्न थालेको हो ।
बर्खा लागेसँगै उत्पादन बढेपछि ३९ मेगावाट बिजुली भारत निकासी गर्न थालेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए । अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र प्रतिदिन ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरक-फरक हुन्छ ।
भारतले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात १९ रूपैयाँ २ पैसामा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सोही मूल्य अनुसार प्राधिकरणले बिजुली बिक्रीका लागि राखेको जनाएको छ ।
आगामी साउनसम्म मर्स्याङदी, लिखु, कालीगण्डकी जलविद्युत आयोजनाको विजुली पनि निर्यात गर्ने तयारी भइरहेको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा