काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारतमा निर्यात गर्न थालेको हो ।
बर्खा लागेसँगै उत्पादन बढेपछि ३९ मेगावाट बिजुली भारत निकासी गर्न थालेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए । अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र प्रतिदिन ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरक-फरक हुन्छ ।
भारतले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात १९ रूपैयाँ २ पैसामा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सोही मूल्य अनुसार प्राधिकरणले बिजुली बिक्रीका लागि राखेको जनाएको छ ।
आगामी साउनसम्म मर्स्याङदी, लिखु, कालीगण्डकी जलविद्युत आयोजनाको विजुली पनि निर्यात गर्ने तयारी भइरहेको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ जेठ २०७९, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा
‘प्रचण्ड’ र नेपालबीच आज पनि भेटवार्ता
नेपाल–भारत कानुनी सहायता सम्झौतामा सहमति, सुपुर्दगी सन्धिमा मतभेद कायमै
नेपाल र कुवेतले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने