नेपालमा १९ दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइने

सफल खबर संवाददाता

बुधबार, १८ जेठ २०७९, २१ : २०
नेपालमा १९ दिन अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइने

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको नेपालमा दुई हजार बढी कार्यक्रम आयोजना गरेर मनाइने भएको छ ।

नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ओलम्पिक डेको अवसरमा २ हजार ४ सय ८६ कार्यक्रम आयोजना गरिने जनाएको छ ।

कमिसनले १९ दिन मनाईने ओलम्पिक डे को मुख्य कार्यक्रम भने जुन असार ९ मा हुने जनाएको छ ।आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ मा विश्वभर मनाउने गरिन्छ । नेपालमा जेठ २२ गतेबाट असार ९ गतेसम्म विविध कार्यक्रम गरि मनाईने कमिसनले जनाएको छ ।

जसमा २ लाख २५ हजार ४ सय ४५ व्यक्तिको सहभागिता जनाउने छन् । कमिसनले यसपटक राष्ट्रिय खेलकुद संघ संस्था, विभिन्न विधालय, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागिता रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस