हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ ।खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको भए पनि बजेट खर्च भने अघिल्लो सरकारभन्दा कमजोर देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्षका लागि सरकारले ५७ अर्ब ७७ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म २० अर्ब ५४ करोड ९२ लाख मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशमा रहेका मन्त्रालयमध्ये सबैभन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ ।
यस मन्त्रालयले १० महिनामा ४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा