हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ ।खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो ।
गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको भए पनि बजेट खर्च भने अघिल्लो सरकारभन्दा कमजोर देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक बर्षका लागि सरकारले ५७ अर्ब ७७ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म २० अर्ब ५४ करोड ९२ लाख मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशमा रहेका मन्त्रालयमध्ये सबैभन्दा कम बजेट खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ ।
यस मन्त्रालयले १० महिनामा ४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट