काठमाडौं । लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि अहिले छलफल चलिरहेको जनाइएको छ ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल चलिरहेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
सरकारका सबै मन्त्रालयहरू अहिले नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा केन्द्रित भएको उनले बताए । एक चरण अन्तर मन्त्रालयबीच नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइसकेको र अहिले समूहगत र मन्त्रालयगत रूपमा छलफल चलिरहेको मन्त्री खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि