काठमाडौं । लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रमको मस्यौदामाथि अहिले छलफल चलिरहेको जनाइएको छ ।
प्रदेश सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा तयार गरेको छ । अघिल्लो वर्ष स्वास्थ्यलाई प्राथमिकता दिएको लुम्बिनी प्रदेश सरकारले अहिले कृषिसँगै अन्य विषयलाई प्राथमिकता राखेर छलफल चलिरहेको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।
सरकारका सबै मन्त्रालयहरू अहिले नीति तथा कार्यक्रम र त्यसपछि बजेटमा केन्द्रित भएको उनले बताए । एक चरण अन्तर मन्त्रालयबीच नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइसकेको र अहिले समूहगत र मन्त्रालयगत रूपमा छलफल चलिरहेको मन्त्री खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ जेठ २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ