विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १२ : ११
विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ ।

यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । 

सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस