जावाले ल्यायो ७ लाख ५८ हजार रुपैयाँ पर्ने फोर्टी–टु स्पोर्ट्स स्ट्राइप मोटरसाइकल

सफल खबर संवाददाता

मंगलबार, १७ जेठ २०७९, १० : ३६
जावाले ल्यायो ७ लाख ५८ हजार रुपैयाँ पर्ने फोर्टी–टु स्पोर्ट्स स्ट्राइप मोटरसाइकल

काठमाडौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा ४२ स्पोर्ट्स स्ट्राइप भित्र्याएको छ । जसको गायक सुशान्त केसीले सोमबार जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गरेका हुन् । सोही अवसरमा प्रि–बुकिङ्ग गरिएका बाइक पनि वितरण गरिएको थियो । 

अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले नयाँ बाइकले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । उनले भने, ‘विगत दुई वर्षदेखि जावा बाइकको बिक्रीवितरणमा हामी सक्रियताका साथ कार्यरत छौँ र यी दुई वर्षमा ग्राहकहरुबाट सदैव सकारात्मक प्रतिक्रिया नै पाईरहेका छौँ । साथै, आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राईपले पनि सोही किसिमको माया पाउनेमा विश्वस्त पनि छौँ ।’

स्पोर्ट्स स्ट्राईप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका गरिएको भन्दै कम्पनीले जसमध्ये २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७।३३ पीएस पावर र २७।०२ एनएम टर्क उत्पादनको क्षमता राख्ने जनाएको छ ।  
जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउने पनि कम्पनीले जनाएको छ । बाइकको मूल्य  ७ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस