जिसस र कार्यपालिका निर्वाचनमा सहमति गर्न गठबन्धनको निर्देशन

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १७ : ५७
जिसस र कार्यपालिका निर्वाचनमा सहमति गर्न गठबन्धनको निर्देशन

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा सहमति गर्न प्रदेश र जिल्लास्तरीय समितिलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका पाँच दलका शीर्ष नेताहरूको बैठकले सो निर्देशन दिएको हो । 

‘भर्खरै सकिएकाे गठबन्धनको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्नुको साथै स्थानीय कार्यपालिकाको निर्वाचन र जिससको निर्वाचनमा गठबन्धनबीच सहमति कायम गरी अगाडि बढ्न निर्देशन गर्ने निर्णय भएको छ,’ बैठकमा सहभागि एक नेताले भने । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस