एन्फा निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, १३ : १८
एन्फा निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।

सोमबार प्रकाशित गरिएको कार्यतालिका अनुसार सोमबार प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । सोमबार दिउँसो १ बजेदेखि मंगलबार अपरान्ह साढे ५ बजेसम्म नामावली उपर दावी तथा विरोध गर्न पाईने समय निर्धारण गरिएको छ ।

जेठ १८ गते निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । जेठ १९ गते उम्मेदवारको योग्यता परिक्षण पश्चात प्रारम्भिक नामावली प्रकाशन गर्नेछ । निर्वाचन समितिले जेठ १९ गते उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोधको समय राखेको छ । जेठ २० गते उम्मेदवारी फिर्ता र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुँदैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस