अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

सफल खबर संवाददाता

आइतबार, १५ जेठ २०७९, १० : ०९
अर्थमन्त्री शर्माले आर्थिक सर्वेक्षण राष्ट्रियसभामा पेस गर्ने

काठमाडौं  । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । 

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस