आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०८२, ०८ : २४
आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो । 
आज बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको सभा सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् । 

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्नेछन् । प्रदेश सरकारले आगामी असार १ गते संसदमा आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस