२० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि, सतर्कता अपनाउन डब्लुएचओको आग्रह

सफल खबर संवाददाता

शनिबार, १४ जेठ २०७९, १५ : ११
२० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि, सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन् ।मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस